
साफ महिला च्यापियनसिपको सातौँ संस्करणमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।