Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

काठमाण्डौ महानगरले छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै


काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका छात्रावास ९होस्टेल० को अभिलेखीकरण शुरू गरेको छ । अभिलेखीकरणपछि छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययनसमेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिएर वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ ।

प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानूनअनुसार दर्ता भएर नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्नान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार