Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

लिलाबल्लभ जोडिएको मानव तस्करी आरोपमा थप दुईजना पक्राउ


कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्ड्री राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । यो प्रकरणमा अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार