Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

परराष्ट्र मन्त्री राणा चीन भ्रमणमा जाँदै


परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्।

परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जनाएका छन् ।

गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए। छन सोङको निमन्त्रणामा राणा चिन जान लागेकी हुन् । चिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसभन्दा अगाडी नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ। चीनबाट भ्रमणको औपचारिक निम्तो आएपछि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई भ्रमणको तयारी गर्न भनेका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार