Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

राष्ट्रपति कार्यालयको गार्डेन सजाउन दिइयो ठेक्का


राष्ट्रपति कार्यालयको गार्डेन सजाउन २४ लाखको ठेक्का राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।
कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार