झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जनाएका छन् ।
भुजेलविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भनेर चिनिएका भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटीको मृत्यु भएको हो ।