Logo
३१ भाद्र २०८३, बुधबार
|  Wed Sep 16 2026

सुनको मूल्य बढ्यो


ह्वात्तै घटेको सुनको मुल्य फेरि बढ्न थालेको छ । केहि मुल्य घट्दा माग बढेसँगै बजारमा अभाव भएको सुनको मुल्य फेरि उकालो लागेको छ ।

  1. आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ आज सोेमबार प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार