स्थानीय बजारमा सुनको मूल्य शुक्रबार १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँ थियो ।
चाँदी शुक्रबार प्रतितोला ६५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ थियो ।