Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

प्रोफेसर मोहम्मद रमजान अली मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक


काठमाडौं । कतारलाई कर्मथलो बनाउँदै आएका प्रोफेसर मोहम्मद रमजान अली मियाँको ३७ औँ कृति मैले देखेको कतार सार्वजनिक भएको छ । सोमबार उपराष्ट्रपति नन्द बहादुर पुनबाट हरितगृह, लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा एक भव्य कार्यक्रमबिच पुस्तक सार्वजनिक भएको छ ।

‘यो पुस्तक सुन्दर ढंगले, अत्यन्त मिहिनेत गरेर लेखिएको छ । विशेषगरी राजनीतिकर्मी, श्रमिक, विद्यार्थी लगायत सवै वर्ग, तह र तप्काका व्यक्तिहरुका लागि यो पुस्तक एकदमै उपयोगी छ ।’ उपराष्ट्रपति पुनले पुस्तकको लोकापर्णपछि भने ‘रोजगारका लागि कतार गएका नेपालीहरुको इतिहास, संघर्ष, योगदानलाई तथ्यपरक रुपमा व्याख्या गरिएको छ । त्यसबाहेक पुस्तकमा कतारको इतिहास, त्यहाँको प्रगति, वैभव, विकासवारे लेखकको भावना छताछुल्ल पोखिएको उनले बताए ।

‘यो पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा हो ।’ पुस्तकबारे टिप्पणि गर्दै ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुलि ढकालले भनिन्, ‘लेखकले राजदूतको भूमिका निभाउनु भएको छ ।’ यस पुस्तकले नेपाली समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई उजागर गरेको उनले बताइन् । ‘सन् २००७ को अप्रिलदेखी २०२१ नोभेम्बर १ बिचको समयबिच लेखेको पुस्तक हो, मैले देखेको कतार ।’ लेखक मियाँले कार्यक्रममा आफ्ना अनुभुतिहरु बाँडे, ‘यो पुस्तक कतार–नेपाल जोड्ने पुल हो ।’ नेपालीहरुलाई केवल श्रमिक मात्र नभएर समृद्ध कतारका सहयात्री पनि हुन् भन्ने कुरामा जोड दिए ।

‘यो पुस्तक सुन्दर ढंगले, अत्यन्त मिहिनेत गरेर लेखिएको छ । विशेषगरी राजनीतिकर्मी, श्रमिक, विद्यार्थी लगायत सवै वर्ग, तह र तप्काका व्यक्तिहरुका लागि यो पुस्तक एकदमै उपयोगी छ ।’ उपराष्ट्रपति पुनले पुस्तकको लोकापर्णपछि भने ‘रोजगारका लागि कतार गएका नेपालीहरुको इतिहास, संघर्ष, योगदानलाई तथ्यपरक रुपमा व्याख्या गरिएको छ

 

 

सन् २०२० सम्म कतारको विकास र सम्बृद्धिका लागि २ हजार ५ सय ७७ जना नेपालीले ज्यानको आहुती दिईसकेकाले नेपालीको श्रमको उच्च मूल्यांकन गर्न प्राथमिकता दिनु पर्ने लेखक मियाले बताए । ‘कतारले नेपाललाई धेरै सहयोग गर्न चाहेको छ ।’ लेखक मियाँले भने ‘कतारले नेपाललाई चिन्यो । तर, नेपालले कतारलाई चिन्न सकेन ।’ पुस्तकमा आफूले देखे, भोगेका कथा समेटिएको उनले बताए ।

नेपाल र कतार बुझ्न ‘मैले देखेको कतार’ पुस्तक इन्साइक्लोपेडिया नै भएको घोस्ट राइटिङका नेपालका अध्यक्ष कमल ढकालले बताए । ‘कतार अझै पनि विकासका लागि छट्पटिएको देखिन्छ ।’ ढकालले भने ‘नेपालको सामाजिक संरचना नमिलेर हो । यार्सागुम्बा बेच्ने कर्णाली, मार्सि बेच्ने जुम्ला कसरी गरिव हुन्छ ?’ यस्तै पुस्तकबारे मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारी, संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैन, नेकपा समाजवादी एवं केन्द्रिय हज समितिका पुर्व अध्यक्ष ताज मोहम्मद मियाले आ–आफ्नो धारणा राखेका थिए । पुस्तकको मूल्य ७५० र हार्ड कभरको १५ सय रुपैंयाँ राखिएको छ । यस पुस्तकबाट प्राप्त लाभांस आर्थिक विपन्नताका कारण अंग्रेजी पढ्न नपाएका इस्लामिक मदरसाका वालवालिकाहरुको अध्ययनमा खर्च गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार