नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका नेता भीम रावलले पत्रकार सम्मेलन सुरु गर्दा ओली लक्षित कविता भनेका छन् । माइतीघरस्थित एक पार्टी प्यालेसमा सुरु भएको पत्रकार सम्मेलनमा उनले ओली लक्षित कविता वाचन गरेका हुन् । कवितामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘लुब्ध नाइके’ भन्दै व्यङ्ग्य गरेका छन् ।
‘लुब्ध नाइके’
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि !
तथ्य र सत्य घोच्दछ तिम्लाई,के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ ।
चामल र ढुङ्गा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिम्लाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असैह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ।
पाखण्ड तन्त्र, अवसर तन्त्र अव त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क गर्दछौ ।
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अव खर्लप्प खानेछ ।