Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रवि लामिछानेले ७५ लाख विदेश पठाएको फेला, कस्लाई किन पठाएका थिए ?


रवि लामिछानेको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला परेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको हो । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो ।

२०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

रविको मुद्धामा आज थुनछेक बहस चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार