Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

न्यायाधीशहरुलाई गम्भीर झड्का, प्रधानन्यायाधीशको एउटै बोलीले परे चकित


प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गरिरहेका न्यायाधीशहरु प्रधानन्यायाधीशको एउटै बोलीबाट रन्थनिएका छन् । मंगलबार छलफलमा बसेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीश राणाले आफू संविधान अनुसार मात्रै चल्ने भनेपछि न्यायाधीशहरु झस्किएका हुन् ।
सोमबार प्रधानन्यायाधीश राणा सम्मानजनक बहिर्गमनका लागि तयार भएको खबर सार्वजनिक भएपछि राणाले राजीनामा दिने मुड बनाएको आँकलन गरिएको थियो । तर मंगलबार राणाले कार्यकक्षमा आएका न्यायाधीशहरुलाई अब संविधान अनुसार नै चल्ने भनेपछि न्यायाधीशहरु अन्यौलमा परेको सर्वोच्च स्रोतले जनाएको छ ।
संविधान अनुसार भन्नुको अर्थ महाअभियोग लगाउन दिएको चुनौतीका रुपमा न्यायाधीशहरुले विश्लेषण गरेका छन् । सोमबार प्रधानन्यायाधीश गलेको बुझाइमा रहेका न्यायाधीशहरु मंगलबार प्रधानन्यायाधीशको एउटै बोलीबाट चकित परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार