राजेन्द्र राई नेतृत्वको प्रदेश नं १ सरकारले अघिल्लो सरकारका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ । सपथ ग्रहण लगत्तै बसेको मन्त्रीपरिषद बैठकले भीम आचार्य नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै सो सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरुवा पुनरावोलकन र खारेज गर्ने निर्णय गरेको हो ।
एमाले विभाजनअघि माधव कुमार नेपाल खेमामा रहेका भीम आचार्य अन्तिम समयमा आएर ओलीतिर लागेका थिए । मुख्यमन्त्री बन्नकै लागि ओलीतिर लागेको भन्दै उनको व्यापक आलोचना हुँदै आएको थियो भने संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आचार्यको राजीनामापछि माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश नं १ को मुख्यमन्त्री बनेका थिए ।





