Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मुख्यमन्त्रीको रक्सी पार्टी, काम गरेन माधव नेपालको निर्देशनले


प्रदेश न. १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेको रक्सी पार्टी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भएपछि राईले सपथको अघिल्लो दिन इटहरीको एक होटेलमा रक्सी पार्टी गरेका थिए । एमाले नेता भीम आचार्य नेतृत्वको सरकार ढलेपछि मुख्यमन्त्री बनेका राई नेकपा एकीकृत समाजवादीका नेता हुन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने केहिदिनअघि पार्टी कार्यालय मिनभवनमा पार्टीका नेताहरुलाई बोलाएर विवाद हुनेप्रकारका कुनै काम नगर्न निर्देशन दिएका थिए ।
राती राती पाँचतारे होटेलमा रक्सी पार्टी चल्ने गरेको आफूले सुनेको बताउँदै अध्यक्ष नेपालले आइन्दा त्यस्तो सुन्न नपरोस् भनी नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । विशेषगरी पार्टीबाट संघीय सरकारमा मन्त्री बनेकाहरुलाई निर्देशन दिने क्रममा नेपालले क्लाइन्टहरुसँग नबस्न समेत भनेका थिए । अतिरिक्त लाभको उद्देश्यले विभिन्न होटेल सञ्चालकहरुले पार्टीका नेता, कार्यकर्ता तथा सांसद र मन्त्रीहरुलाई निःशुल्क पार्टी दिने गरेका खबर सार्वजनिक हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार