Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

अवैध गर्भधारणबाट जन्मिएको नेपालको पार्टीलाई महाधिवेशनमा बोलाउन आवश्यक छैन: योगेश भट्टराई


नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध गर्भधारणबाट जन्मिएको बताएका छन्। एमालेको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोहमा एकीकृत समाजवादीलाई नबोलाउने उनको भनाइ छ।

बुधबार दशौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति पढ्दै केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनमा विभिन्न देशका भाइचारा सम्बन्ध भएका, मित्रवत सम्बन्ध भएका, दक्षिण एसियाका सत्तारुढ र प्रतिपक्षी पार्टी लगायतलाई महाधिवेशनमा सहभागिताका लागि निम्तो दिइएको जानकारी गराएका थिए। सोही क्रममा नेपालका सबै राजनीतिक दलहरुलाई पनि निम्तो दिइएको बताइएका थिए।

एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीलाई बोलाइन्छ कि बोलाइँदैन भन्ने पत्रकारको प्रश्नमा भट्टराईले सो पार्टीको नाम नलिइकनै जवाफ दिएका थिए। उनको भनाइ थियो-‘प्रमुख राजनीतिक दलहरुलाई हामी आमन्त्रण गर्छौं। त्यसको पहिचान र ठेगाना स्पष्ट छ। कतिपय स्पष्ट छैन। कतिपय राजनीतिक पार्टीसँगको कतिपय अवैध गर्भधारणबाट बनेका पार्टी छन्। त्यस्ता पार्टीलाई बोलाउन आवश्यक छैन। पहिचान भएका पार्टीलाई आमन्त्रण गरिन्छ।’


प्रतिक्रिया दिनुहोस !
विचार