Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

खेत जोत्दै गर्दा हल गोरुसँगै भिरबाट लडेर किसानको मृत्यु


बझाङको बुङगल नगरपालिका ८ मा मकै रोप्नका लागि खेत जोतिरहेका बेला भिरबाट लडेर हल गोरुसँगै एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा ४३ वर्षीय सुकु एडी रहेको बुङगल नगरपालिका ८ का वडा अध्यक्ष लोकेन्द्र बहादुर जाग्रीले बताए ।

अध्यक्ष जाग्रीका अनुसार वैशाख ३० गते सुकु छिमेकी करे एडीको खेत जोत्न गएका थिए । करे एडी कुष्ठ रोगी हुन् । लामो समयदेखि उपचार गराउँदै आएका उनको उनलाई हेरचाह गर्ने घरमा कोहि सदस्य पनि छैनन् । उनले नै सुकुलाई खेत जोत्न सहयोग मागेका थिए ।

३० गते बहानै हल गोरु लिएर खेत पुगेका सुकुले जोत्दै गर्दा एउटा गोरु तल्लो गह्रामा हामफाले पछि त्यसलाई माथि उकाल्न खोज्दा अर्को पनि तल झरेपछि हल गोरुसँगै उनी भिरबाट ५०० मिटरभन्दा तल खसेका थिए । हल गोरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भिर घाइते भएका सुकुलाई स्थानियहरुले अस्पताल लैजाने क्रममा बाटो मै निधन भएको हो । उनको बुधबार दाहासंस्कार गरिएको अध्यक्ष जाग्रीले बताए । मृत एडीका पाँच छोरी एक छोरा र श्रीमती छन् । दुइ वटी छोरीले भने विवाह गरिसकेका छन् । अहिले उनका साना साना तीन छोरी र छोरा छन् । घरको अवस्था निकै दयनिय रहेको छ ।

नगर प्रमुख जय बहादुर धामीले पीडित परिवारका लागि नगरले सक्ने राहतको व्यवस्था गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार