Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

लक्ष्मी खुसी पार्न नछुटाउनुहोस् यी ६ काम


लक्ष्मी पूजाका दिन विशेष प्रकारले लक्ष्मीको पूजा गरियो भने धन सम्पतिको कहिल्यै अभाव हुँदैन भन्ने धार्मिक जनविश्वास रही आएको छ । त्यसका अलवा धार्मिक अध्ययताहरुले यी ६ कामलाई विशेष महत्व दिएको पाइन्छ ः
. लक्ष्मी पूजाको दिन सकभर फुलबारीमा प्रवेश गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । बिहान नुहाएर फुलबारी गई आफ्नै हातले टिपेको फुल ल्याएर लक्ष्मीलाई चढायो भने शुभ हुन्छ भन्ने धार्मिक मान्यता छ ।
२. यस दिन आगन्तुक कोही कसैलाई खाली हात नपठाएको राम्रो । लक्ष्मी पूजा नगरी कसैलाई केही दिन हुन्नँ भनेर कतिपयले भन्ने गरेपनि धार्मिक अध्ययताहरु यसलाई भ्रम भन्छन् । उनीहरुका अनुसार घरमा आएका देउसे भैले लगायत जो कोहीलाई खाली हात नपठाएको राम्रो । त्यसो गर्दा वर्षभर दारिद्रताले छुँदैन ।
३ लक्ष्मी पूजाका दिन जाग्राम बस्नुपर्छ भन्ने मान्यता छ । जाग्राम बसियो भने लक्ष्मी खुसी भएर त्यो घरमा सधै बस्छिन् भन्ने जनविश्वास छ ।
४. यस दिन कौडा घरमा ल्याएर पूजा गर्नु धेरै उत्तम मानिन्छ । जुवा तासलाई अघिपछि नराम्रो भनिएपनि यसदिन जुवा अर्थात कौडा पूजा गर्दा लक्ष्मी खुसी भई धन सम्पति बर्साउछिन् भन्ने मान्यता छ । अहिले पनि गाउँघरतिर तिहारमा कौडा छोयो भने गति परिन्छ भनिन्छ ।
५. लक्ष्मी पूजाका दिन झाडु कुचो र नाङलो घरमा भित्रयाउनुलाई निकै राम्रो मानिन्छ । यसो गर्दा लक्ष्मी खुसी हुने विश्वास रहेको छ
६. लक्ष्मी पूजाका दिन सामान्यतया ः जो कोहीले घरमा बत्ति बाल्छन् । तर, दियोमा बालिने बत्तिको विशेष महत्व छ । रातभर दियोमा बत्ति बाल्दा लक्ष्मी सधै त्यस घरमा रहन्छिन् भन्ने मान्यता छ ।


प्रतिक्रिया दिनुहोस !
विचार