Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

धादिङ्गमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु


धादिङको बेनिघाट रोराङ –२ काफलटारमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । १५ असारमा सिलिन्डर पड्किदा गम्भिर घाइते भएकी २६ वर्षिया अस्मिता तामाङको उपचारको क्रममा काठमाडौँको कीर्तिपुर स्थित बर्न अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार उनी आफ्नै घरमा साँझको समयमा खाना बनाउदै गर्दा ग्यास सिलिन्डर पड्किएर गम्भिर घाइते भएकी थिइन् । सिलिन्डर विस्फोटका कारण उनको शरीरको बाहिरी भाग डढेको र प्राथमिक उपचारका लागि उनलाई सुरुमा महादेवस्थान प्राथमिक स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर देखिएपछि काठमाडौँको कीर्तिपुर स्थित बर्न अस्पताल पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

तामाङको घरको ढुंगा र छानोमा समेत क्षति पुगेको जनाइएको छ। सिलिन्डर विस्फोटका कारण ढुङगा र माटोले बनाइएको घर समेत भत्किएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार