Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रेशम चौधरीले भेटे प्रधानमन्त्री


नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

उनीहरूबीच सोमबार मध्याह्न बालुवाटारमा एक्लाएक्लै करिब एक घन्टा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता भएको हो।

नाउपाले ओली नेतृत्वको संघीय सरकार र लुम्बिनी तथा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

नाउपाबाट संघीय सरकारमा सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै उनले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

नाउपाका मन्त्री रामेश्वर चौधरीलाई हाते ट्याक्टर वितरणमा अनियमितता गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका थिए। त्यसपछि नाउपाले प्रदेशदेखि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार