Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

एमाले सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती


नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ रु भन्दै प्रश्न गरे । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।

सांसद साहले भनेका छन्, ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार