Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

एक मिनेटमात्र बोलेर च्यासलबाट बाहिरिइन् विद्या भण्डारी


प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । भेटघाट सकेपछि भण्डारीले पत्रकारमाझ बोल्ने क्रममा होहल्ला र हुलहुज्जत भएपछि भण्डारी एक मिनेटमात्र बोलेर बाहिरिएकी छिन्।

पार्टी कार्यालयबाट निस्किने क्रममा पत्रकारले भण्डारीलाई घेरेका थिए । तर, धेरै हुलमुल भएपछि भण्डारीले एक मिनेट मात्रै बोलिन् । उनले आज पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको दाबी गरिन् ।

पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार