Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

विवेकशील साझाको नयाँ विवरण निर्वाचन आयोगमा अद्यावधिक, मिश्रलाई दुई तिहाई बहुमत


विवेकशील साझा पार्टीले नयाँ विधान र बहुमत केन्द्रीय समिति सदस्य निर्वाचन आयोगमा अद्यावधिक गरेको छ । कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको नयाँ विधान र १२४ सदस्यीय केन्द्रीय हुने विषय विषयलाई आयोगमा अद्यावधिक गरिएको हो ।

रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो । विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो ।

नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरिसकेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार