मोरङको ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेटविहीन भएको छ ।
गत असार २७ गतेको गाउँ सभामा अध्यक्ष र अन्य जनप्रतिनिधिबीचको विवादका क्रममा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेका थिए ।
त्यसपछि गाउँ सभा बस्न सकेको छैन । जसकारण पालिका बजेटविहीन भएको हो ।
खुकुरी प्रदर्शन भएको घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि जाहेरी लिएर प्रहरी समक्ष पुगेका छन् ।
७ वटा वडा रहेको ग्रामथानमा उपध्यक्ष गुणावती धामी थारु, वडा नम्बर १ का वडाध्यक्ष सुरेश कुमार माझी, २ काको वडाध्यक्ष यादव खतिवडा, ४ का वडाध्यक्ष बद्रीनारायण माझी, वडा नम्बर ५ का वडाध्यक्ष भेषनारायण चौधरी, ६ का वडाध्यक्ष वीरनारायण चौधरी, ७ का वडाध्यक्ष विरेन्द्र चौधरी, कार्यपालिका सदस्य देवीकुमारी चौधरी उसादेवी चौधरीले चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध जाहेरी दिएका हुन् ।
माओवादी केन्द्रबाटै निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रमेशकुमा भगतको नाम भने निवेदकको लिस्टमा छैन ।






