Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

आफैसँग सुतिरहेकी श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन


सुर्खेतमा एक महिलाको हत्या भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ सुगर खोलाका ४० वर्षीया रविना ठाडामगरको गएराति हत्या भएको हो।

मध्येरातमा गहिरो निद्रामा रहेकी रविनालाई उनकै श्रीमान ४२ वर्षीय दानसिंह ठाडा मगरले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथापाका अनुसार श्रीमती निदाइरहेको बेलामा दानसिंहले खाटको खुट्टा बनाउन भनेर राखिएको काठले हानेर श्रीमतीको हत्या गरेका थिए।

काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीयले खबर गरेपछि आइतबार बिहान साढे २ बजेतिर अस्थायी प्रहरी बिट कहरेखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

श्रीमतीको हत्या गरी सुतिरहेका दानसिंहलाई १० जनाको समूहमा गएको प्रहरी टोलीले औछ्यानबाटै नियन्त्रणमा लिएको थियो।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी बुढाथापाले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार