नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी शक्ति आफ्नो पार्टीलाई हराउन लागिपरेको आरोप लगाएका छन् । मुक्ति मोर्चाले ललितपुरमा गरेको कार्यक्रममा प्रचण्डले विभिन्न बहानामा माओवादीलाई पाखा लगाउन ठूलो शक्ति लागिपरेको दाबी गरे ।
प्रतिक्रियावादीहरू माओवादीप्रति लक्षित भएको टिप्पणी गर्दै उनले देशी विदेशी शक्तिको प्रहारलाई जितेर माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाउने संकल्प पार्टीले लिएको बताए । उनले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताए ।
उनले पछिल्लो समय पहिचान र अधिकारका मुद्दा शिथिल हुन थालेको स्वीकार्दै माओवादीले पनि त्यस्ता मुद्दा छोड्न र अरु पार्टीजस्तै हुन थालेको हो कि भन्ने आशंका बढेको बताए । पार्टीले अव पहिचान र अधिकारका मुद्दा शशक्त रुपमा अगाडि बढाउने प्रचण्डले दाबी गरे ।





