‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा विभिन्न सिफारिस गरेको छ ।
यस्ता छन् कांग्रेस सांसद जीवन परियार सभापति रहेको समितिले गरेका सिफारिस
क) कानुनी तादम्यता के कति कारणले नभएको हो भन्ने सम्बन्धमा अध्ययन गर्दा मिहिन रूपमा दफावार छलफल नगरिएको । परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नुअघि समितिका माननीय सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगरिएको । मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको । विधेयक मस्यौँदामा मिलाउने जिम्मेवारी भएको कार्यमा सम्लग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकोले कानुनी तादम्यता नमिलेको देखियो ।
क्जष्खबm ऋझभलत
ख) विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादम्यता नभएको विषय गम्भीर त्रुटि भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको भन्ने नदेखिएको ।
ग) विधेयकको दफा ८२ उपदफा ४ र ५ का बीच कानुनी तादम्यता सम्बन्धमा गम्भीर त्रुटि यसमा संलग्न पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुँदा सोही बमोजिमको सुझाव एवं सिफारिस यस समितिको रहेको छ ।






