Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

कारागार अनुगमनपछि मानवअधिकार प्रतिनिधिले भनेः रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ


राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको अनुगमन गरेको छ ।

सोमबार आयोगकी सदस्य डा. लीली थापाको नेतृत्वको टोलीले रुपन्देही कारागारको अनुगमन गरेको हो । अनुगमनका क्रममा लामिछानेलाई राखिएको कोठामा दुई वटा मात्रै पंखा रहेको पाइएको थापाले जानकारी दिइन् । कोठामा एसी नरहेको र झ्याल समेत प्लाई उडले टालेर बन्द गरिएको उनले बताइन्।

थापाले लामिछानेलाई स्थानान्तरणका लागि अदालतको अनुमति प्राप्त हुँदा पनि रुपन्देही कारागारमा नै राखेको प्रति आयोगको भण्डाफोर गरिन्।

थापाले रुपन्देही कारागारमा क्षमता भन्दा बढि कैदिबन्दि राखिएको, बन्दिहरुलाई न्युनतम सुविधा पनि नदिएको पाइएको समेत जानकारी दिइन्। सहकारी ठगि अभियोगमा रुपन्देही कारागारमा पुर्पक्षकोलागि थुनामा रहेका लामिछानेलाई कारागार प्रशासनले प्रदान गरेको विभिन्न टिक्का टिप्पणी सार्वजनिक भएपछि आयोगले स्थलगत अनुगमन गरेको हो। अनुगमनको क्रममा आयोगको टोलीले लामिछानेसंग पनि छलफल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार