Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

एनएनसीएद्वारा संस्थाको नाम जोडेर बदनाम गर्ने प्रयासप्रति आपत्ति


नेपाल न्यूट्रास्युटिकल्स कस्मास्युटिकल्स एशोसिएसन (एनएनसीए)ले आफ्नो संस्थाको नाम जोडेर अनावश्यक रूपमा बदनाम गराउने प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले केही दिनअघि चितवनमा व्यवसाय गरिरहेका बीरेन्द्रकुमार पटेलको नाममा जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता भएको घटनालाई लिएर आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘पटेल फरार रहेका बेला उनलाई कथित रूपमा एनएनसीएको संरक्षणमा व्यवसाय गराएको भन्ने संस्थाको आधिकारिक इमेलमार्फत प्राप्त भएपछि यो विज्ञप्ती जारी गर्नुपर्ने अवस्था आएको हो ।’

विज्ञप्तिमा थप भनिएको छ, “उक्त बीरेन्द्र पटेल एनएनसीएको साधारण सदस्य समेत होइनन साथै, संस्थाले नेपाल सरकारको कानूनी दायराभित्र रहेर मात्रै कार्य गर्ने व्यवसायीहरूलाई समर्थन गर्दै आएको छ।” एनएनसीएले कुनै पनि गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई समर्थन र संरक्षण नगर्ने र यस्ता क्रियाकलापमा संलग्न जोकोहीमाथि आवश्यक कारबाहीको लागि सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेको छ।

संस्थाले यस्ता भ्रमपूर्ण र भ्रामक सूचनाले आफ्नो गरिमा र उद्देश्यमाथि आँच पुर्‍याएको बताउँदै, भविष्यमा यस्ता भ्रामक सूचना प्रचारप्रसार नगर्न सबैमा आग्रह गरेको छ।

एनएनसीएले पुनः स्पष्ट पारेको छ कि आफ्नो संगठन नेपालको प्रचलित कानुनअनुसार सञ्चालन हुने व्यवसायीहरूको मात्र छाता संस्था हो, र यसले कुनै पनि किसिमको अवैध कार्यलाई कदापि समर्थन नगर्ने अडान लिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार