धरानका मेयर हर्क साम्पाङ पार्टी खोल्ने तयारी सहित काठमाडौं आएका छन् ।
सोमबार काठमाडौँ आएका मेयर साम्पाङ नराम्रा कानून नबदलेसम्म स्थानीय तहको निर्वाचन जितेर मात्रै केही नहुने भन्दै पार्टी खोल्ने निचोडमा पुगेको जानकारी दिए । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरेका थिए । यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे ।
कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् । प्रायजसोः उनका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।





