Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउन प्राधिकरणलाई सरकारको निर्देशन


सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले निर्णय गरेलगत्तै मन्त्रालयले सूचना जारी गरेको छ ।

समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही समयदेखि पुनः सक्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्:

–फेसबुक

–म्यासेन्जर

–इन्स्टाग्राम

–युट्युब

–ह्वाट्सएप

–ट्वीटर

–लिंक इड

–स्न्याप चयाट

–रेडिट

–डिस्कर्ड

–पिन्ट्रेस्ट

–सिग्नल

–थ्रेड

–वी च्याट

–कोरा

–सम्ब्लर

–क्लब हाउस

–मास्टर डन

–रम्बल

–मि वी

–मि भिके

–लाइन

–इमो

–जालो

–सोल

–हाम्रो पात्रो

सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्:

–टिकटक

–भाइबर

–निम्बज

–वीटक

–ओपोलाइभ


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार