Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट


विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ ।

काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो ।

पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने तयारीसमेत गरिएको छ ।

अहिले पोखरा–काठमाडौं र भरतपुर उडान भइरहेको रेग्मीले जानकारी दिइन् । ‘पोखरा विमानस्थल क्लोज छैन, यहाँबाट प्रमुख सहरमा उडान भइरहेको छ,’ रेग्मीले भनिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार