Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

सिंगापुरबाट फर्किए लगत्तै राजनीतिक भेटघाटमा देउवा


सिंगापुरबाट तङ्ग्रीएर फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं पार्टी काममा खटिने सुरसार देखाएका छन् ।

केहीदिनको उपचारपछि शुक्रबार सिंगापुरबाट श्रीमति सहित फर्किएका देउवाले शनिबार नै पार्टीका कार्यबाहक सभापति पुर्णबहादुर खड्का र नेता प्रकाशशरण महतसँग छलफल गरे । पार्टी महाधिवेशनको विषयलाई लिएर कांग्रेस आन्तरिक कलहमा चुर्लुम्म डुबेपछि देउवा आफैं छलफलमा जुटेका हुन् । पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पुर्णबहादुर खड्कालाई दिएर सिंगापुर गएका देउवाले यसबीचमा उतैबाट पार्टीको कमाण्ड सम्हालेको हल्ला समेत राजनीतिक वृत्तमा चलेको थियो ।

कार्यबाहकको जिम्मेवारी नै दिइसकेपछि देउवा पार्टी काममा नफर्किने अनुमान गरिएपनि कांग्रेसका बाँकी नेताहरुले महाधिवेशनको विषय टुंग्याउँन नसक्दा देउवा फेरि सक्रिय हुने छाँटकाँट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार