Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

नत्र राजीनामा दिने मुडमा गगन थापा र विश्वप्रकाश शर्मा


महाधिवेशनको विषय टुंगिन नसक्दा तनावमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अझै पनि यो विषय अल्झाइरहे राजीनामा दिने मुड बनाएका छन् ।

कांग्रेस संस्थापनप्रति महाधिवेशनको विषयले रुष्ट बनेका महामन्त्रीद्धयले आज पनि महाधिवेशनको टुंगो नलागे राजीनामा दिने मुड बनाएका हुन् । महामन्त्री पदबाट राजीनामा दिएर पार्टीको संस्थापन पक्षलाई दबाब दिने उनीहरुको रणनीति छ । सकभर नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका उनीहरुले आफूहरुको धैर्यताको बाँध टुट्न लागेको निकटहरुसँग बताउने गरेका छन् । यद्यपि पार्टी नै विभाजन गर्ने बाटोमा भने आफूहरु नलाग्ने उनीहरुलाई उदृत गर्दै एक नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार