रास्वपा छाडेकी सुमना श्रेष्ठले रवि लामिछाने अहिलेका नेताहरुमध्ये एक नम्बरको नेता भएको बताएकी छिन् ।
आफ्ना कुरा जनतालाई प्रष्टसँग बुझाउँन सक्ने क्षमता लामिछानेसँग भएको उनको भनाई छ । लामिछाने राम्रो नेता भएपनि सिमित घेराको मात्रै कुरा सुन्ने प्रवृत्ति उनमा देखिएका कारण पार्टी बन्न नसक्ने देखेर आफूले पार्टी छाडेको उनले बताइन् ।
एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले लामिछानेको धेरै प्रशंसा र थोरै आलोचना गरेकी हुन् ।






