Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

सुदन गुरुङ दुर्गा प्रसाईँ पक्राउको विरोधमा


जेनजी अभियन्ता सुदन गुरुङले दुर्गा प्रसाईँ पक्राउको विरोध गरेका छन् । दुर्गा प्रसाईँका अभिव्यक्ति आपत्तिजनक भएपनि अहिले पक्राउ गर्नुपर्ने व्यक्ति उनी नभएर अरु नै भएको गुरुङको भनाई छ ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन् : दुर्गा प्रसाईँले भन्दा आपत्तिजनक अभिव्यक्ति दिनेलाई छाड्ने र प्रसाईँलाई चाहिँ पक्राउ गर्ने गृहमन्त्रीको शैली खेदजनक छ ।

उनले लेखेको स्टटास यस्तो छ : दुर्गा प्रसाईले गरेका समाजलाई बिग्रहमा लग्ने र भड्काउने अभिव्यक्तिहरु खेदजनक छ्न । मेरो नागरिकताको प्रतिलिपी लिएको मितिलाई नागरिकता प्राप्त गरेको मिति भनेर गलत प्रचार समेत गरेका थिए।
तर दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने,काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिडेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन।
आफुलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा सानालाई ऎन र ठुलालाई चैनू लेखेको छरु बिधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?
कलिला युवाहरुको रगत, पसिना र बलिदानीको बलमा खोक्रो भाषण दिने गृहमन्त्रीको कुर्सीमा बसेर उनीहरुलाई न्याय दिन्छु भन्ने र त्यही कुर्सीको बलमा ती युवाहरुलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन पर्खिन नपर्ने रहेछ। तर शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउदै हिडिरहेका छन् । र त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टासिंएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?
न्याय खोजिरहेका मृतक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भए मात्र चुनाव सम्भव छ ।


प्रतिक्रिया दिनुहोस !
विचार