प्रधानमन्त्री सुशीला कार्कीले आज १ सय २३ दलसँग छलफल गर्दैछिन् ।
निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका १ सय २३ दलसँग प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीले दलहरुलाई उपेक्षा गरेको आरोप लागिरहँदा अपरान्ह ४ बजे उनले छलफलका लागि दलहरुलाई सिंहदरबारमा बोलाएकी छिन् ।
छलफलमा ठूला दलहरुले भने पहिलो तहका नेताहरु नभई प्रतिनिधी मात्रै पठाउँने बुझिएको छ ।






