प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेकाहरुले मतदान गर्न पाउँने व्यवस्थाका लागि सरकार क्रियाशील रहेपनि यही चुनावमा भने कठिन हुने बताएकी छिन् ।
एक अन्तर्वार्तामा कार्कीले कतिपय देशमा भोटिङलाई नै मान्यता नदिने जस्ता कानुन भएको उल्लेख गर्दै व्यवहारिक कठिनाई भएको बताएकी हुन् । यद्यपि सरकारले कुनै देशबाट भने त्यो शुरु गर्न सक्ने बताइन् ।
चुनाव नहुने हो कि भन्ने आशंका उब्जिरहेका बेला कार्कीले चुनावका लागि सबै पक्ष तयार रहेको अवस्थामा शंका गर्न आवश्यक नभएकोमा जोड समेत दिइन् ।






