Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी, बयानमा नजाने ओलीको अडान कायमै


जेनजी आन्दोलनमा भएको दमनका सन्दर्भमा जाँचबुझ गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीसँग बयान लिइसकेको आयोगले नीतिगत तहमा रहेका व्यक्तिहरुसँग बयान लिने तयारी गरेको हो ।
जाँचबुझका लागि ३ महिनाको समय पाएको आयोगसँग अब धेरै दिन बाँकी छैन । अन्य सबैसँग बयान लिइसकेपछि उनीहरुको बयानका आधारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारका गृहमन्त्री रमेश लेखकसँग बयान लिने आयोगको योजना थियो ।

सोही योजना अनुसार अब ओली र लेखक बयानको सूचीमा छन् । तर, ओलीले भने आफू बयान दिन नजाने बताउँदै आएका छन् । उनी बयानका लागि नगए कानुन अनुसार अघि बढ्ने गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि नै चेतावनी दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार