फागुन २१ को चुनावका लागि नेकपा एमालेले पनि दल दर्ता गरेको छ । आज उसले निर्वाचन आयोगमा दल दर्ता गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग राख्दै आएको एमालेले नै चुनावका लागि दल दर्ता गरेपछि सरकार भने उत्साहित भएको छ । फागुन २१ को चुनावमै सहभागी नहुने बताउँदै आएको दल नै चुनावका लागि निर्वाचन आयोगमा दर्ता हुन गएपछि सरकार उत्साहित भएको हो ।
एमाले चुनावमा सहभागी भएन भने के गर्ने भन्ने तनावमा सरकार रहेको थियो ।






