सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित गरिएको छ।
बिहीबारका लागि अदालतको तीन नम्बर इजलासका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा तोकिएको मुद्दाको सुनुवाइ रविका कानुन व्यवसायी महेन्द्र पाण्डेको निवेदनमा स्थगित गरिएकोे उच्च अदालत तुलसीपुर स्रोतले जनाएको छ ।
रवि लामिछानेका कानुन व्यवसायी महेन्द्र पाण्डेले आफ्नो अस्वस्थताको कारण देखाउँदै मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए । उनको निवेदनका आधारमा सुनुवाई स्थगित गरिएको बुझिएको छ ।






