Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

कांग्रेस नेता डा.सुनिल शर्माको भड्काउपूर्ण अभिव्यक्ति


नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् । बुधबार रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर बाहिरिने क्रममा नेता शर्माले न्यायालयका विषयमा भड्काउपूर्ण अभिव्यक्ति दिएका हुन् ।

एमाले र माओवादीका कार्यकर्तालाई चाहिँ आम छुट दिने अनि एउटा मान्छेलाई चाहिँ हुर्मत लिने काम भएको दाबी गर्दै उनले भने : माफ पाऊँ श्रीमान् भोलिका दिनमा न्यायालयभित्र छिरेर मान्छे जलाउँने दिन आउँन सक्छ ।
रवि लामिछानेलाई रिहा गर्नुपर्नेमा जोड दिएका शर्माले न्यायालयभित्रै मान्छे जलाउँने दिन आउन सक्ने भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक आलोचना गरिरहेका छन् । शर्मा विघटित प्रतिनिधीसभामा नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका नेता हुन् ।

यसैबीच विवादित र भड्काउपूर्ण अभिव्यक्ति किन दिएको भनी शर्मालाई आजको प्रेस डटकमले प्रश्न गर्दा उनले आफूले अलर्ट मात्रै गराएको बताए । उनले भने : म न्यायालयको सम्मान गर्छु र गर्नुपनि पर्छ । तर, अहिलेको विकृतिको सन्दर्भमा मैले यस्तो पनि हुन सक्छ भनेर अलर्ट मात्रै गराएको हो । यसलाई विवादित रुपमा बुझिदिनु भएन ।


प्रतिक्रिया दिनुहोस !
विचार