Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

देउवाले आफू निकटका नेताहरुलाई झपारे, जथाभावी नबोल्न निर्देशन


कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नजिकका नेताहरुलाई बोलाएर झपारेका छन् । महाधिवेशनको विषयले कांग्रेसमा किचलो भइरहेका बेला सभापति देउवाले जथाभावी नबोल्न भन्दै झपारेका हुन् ।

कांग्रेसमा समयमै नियमित महाधिवेशन गर्न नसके समस्या हुने भन्दै उनले विशेष महाधिवेशनले पार्टी फुट्ने र आफूले त्यो हेर्न नसक्ने बताए । देउवा निकटका नेताहरुले विशेष महाधिवेशन पनि अहिले नहुने र नियमित महाधिवेशन पनि नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला उनी आफू नजिकका नेताहरुसँग आक्रोशित भएका हुन् ।

आफू निकटका नेताहरुले वैशाख अघि महाधिवेशन असम्भव रहेको भन्दै सार्वजनिक रुपमा बोलेपछि उनले आफ्नै निवासमा संस्थापन पक्षीय नेताहरुलाई बोलाएका थिए । देउवा छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने उनी पक्षीय नेताहरु चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार