श्रीलंकामा बाढिपहिरोबाट १३२ जनाको ज्यान गएको छ ।
दितवा नामको तुफानसँगै आएको भीषण बर्षापछिको बाढीले १३२ जनाको ज्यान लिएको हो । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । १७६ जना हराइरहेका छन् । अहिले त्यहाँको सरकारले आपतकालको घोषणा गरेको छ ।
विदेशमा रहेका आफ्ना नागरिकलाई उद्धार र राहतका लागि पैसा पठाउँन भनेको छ भने विदेशी समुदायलाई समेत उसले गुहारेको छ । यता भारतले दुईवटा विमानबाट राहत सामग्री पठाइसकेको छ भने अन्य देशले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।






