Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

मैले पार्टी छाड्ने हल्ला निराधार, बरु १ नम्बरको पार्टी बनाउँन लागेको छु : डा.तोषिमा कार्की


रास्वपा नेतृ डा.तोषिमा कार्कीले आफ्ना बारेमा गलत हल्ला फैलाइएको भन्दै आपत्ति व्यक्त गरेकी छिन् ।

आफूले रास्वपा छाड्न लागेको भनेर फैलाइएका हल्ला निराधार भएको भन्दै उनले बरु १ नम्बरको पार्टी बनाउँन चाहिँ आफू लागिपरेको बताइन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै तोषिमा कार्कीले रास्वपाले आउँदो निर्वाचनमा सहजै बहुमत ल्याउँने दाबी समेत गरिन् ।

विवेकशील साझा पार्टी र रास्वपाबीचको एकीकरणले वैकल्पिक राजनीतिक दलहरुको मूख्य गन्तव्य रास्वपा नै रहेको कुराको पुष्टि भएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार