नेपाली कांग्रेसले महाधिवेशनको मिति टुंगो लगाएसँगै अब कांग्रेसको सभापति को बन्ला भन्ने कौतुहलता शुरु भएको छ । महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालासँगै सभापतिका आकांक्षी अरु पनि देखिएका छन् । तर, मुलतः कांग्रेस सभापतिका रुपमा यी दुई नेताबीचमै कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, शशांक कोइराला लगाएतका नेताहरु पनि सभापतिका आकांक्षी छन् । नेपाली कांग्रेसले पुस २६ देखि २८ गते सम्म नियमित महाधिवेशन गर्ने निर्णय सहित कार्यतालिका सार्वजनिक गरेको छ ।






