Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

ओलीलाई महाधिवेशनअघि नै बयानमा बोलाउँने आयोगको तयारी


महाधिवेशनबाट फेरि अध्यक्ष दोहोरिने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउँने भएको छ ।

आन्दोलनका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि अन्यलाई बयानमा बोलाइसकेको आयोगले नीतिगत तहमा रहेकाहरुलाई बयानमा बोलाउँन लागेको हो । त्यहीक्रममा अब पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानमा बोलाउँदैछ ।

आयोग स्रोतका अनुसार यही साता उनीहरुलाई बयानमा बोलाइँदैछ । जाँचबुझका लागि आयोगले ३ महिनाको समय पाएकोमा अब ३ महिनाको समयसिमा केहीदिनभित्रै सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार