एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनपछि सार्वजनिक गरेका अभिव्यक्तिका कारण उनका प्रशंसक र आलोचक दुबै बढेका छन् ।
आन्दोलन लगत्तै पार्टीका नेता कार्यकर्ता घरबाहिर निस्कन नसकेका बेला बस्नेतले देखाएको आँटका कारण उनका प्रशंसक बढेका हुन् भने उनले जेनजीहरुका विषयमा दिएका अभिव्यक्तिका कारण उनका आलोचक पनि बढेका छन् ।
एमाले वृत्तमा मात्रै नभई अन्य ठूला दलका नेता कार्यकर्तामाझ पनि उनका प्रशंसक देखिन्छन् । तर, जेनजी आन्दोलनकारीले भने उनको निरन्तर आलोचना मात्रै गरेका छैनन् उनी कुनै पनि कार्यक्रममा जाँदा भौतिक अबरोध नै गर्ने गरेका छन् ।






