रास्वपासँग वार्ता गरेर समय खेर फाल्नुको अर्थ नरहेको निष्कर्षमा कुलमान घिसिङ पुगेका छन् ।
पार्टी एकताका विषयमा भइरहेको छलफलमा रास्वपाले लचकता प्रदर्शन नगरेको भन्दै उनले तत्कालका लागि वार्ताको च्याप्टर क्लोज गर्न पार्टीका जिम्मेवार नेताहरुलाई निर्देशन समेत दिएको उज्यालो नेपाल पार्टीका एक नेताले जानकारी दिए । उज्यालो नेपाल पार्टीका योजनाकार घिसिङले अब एक्लै चुनावमा जानेगरी तयार रहन समेत पार्टीका नेताहरुलाई भनेका छन् ।





