एमालेको ११ औं महाधिवेशनमा केपी शर्मा ओलीलाई हराउँन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी घुँडा धसेर लागेकी छिन् । ओलीले आफूलाई एमालेको सदस्य बन्नबाटै बञ्चित गरेपछि रिसले बम बम भएकी विद्यादेवी भण्डारी महाधिवेशनमा ओलीलाई हराउँन लागिपरेकी हुन् ।
यद्यपि उनी आफैं भने महाधिवेशनमा प्रत्यक्ष रुपमा सहभागी हुन पाएकी छैनन् । एमालेको सदस्यता नै नविकरण नभएपछि उनी सहभागी हुन नपाएकी हुन् । उनले ईश्वर पोखरेललाई अध्यक्षका रुपमा अघि सारेकी छिन् ।
आफूले अध्यक्षका रुपमा अघि सारेका ईश्वर पोखरेललाई जिताएर ओलीको राजनीतिक भविष्य ध्वस्त पारिदिने योजनामा रहेकी भण्डारी सफल हुन्छिन् या हुँदिनन् त्यो हेर्नका लागि भने अबका केही घन्टा कुर्नुपर्नेछ । एमालेको ११ औं महाधिवेशनको बन्दसत्र भोलिबाट भृकृटीमण्डपमा शुरु हुँदैछ ।
एमालेको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत हुनेछ । नेतृत्वका लागि सकभर सहमति जुटाउँने प्रयासमा एमाले रहेको भएपनि त्यसमा सफल हुने सम्भावना भने असाध्यै कम देखिन्छ ।





