Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

महाधिवेशन बन्दसत्र स्थल पुगे ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् । ओली भृकुटीमण्डप पुगेसँगै केन्द्रीय कमिटी बैठक केही समयमा सुरु हुने भएको छ ।

बन्दसत्र १२ः३० बजेका लागि सार्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो ।

बैठकमा ओलीले विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार